arrow

वन्तले १० मिनेटमै जुटाए १० करोड, अख्तियार कर्मचारी चक्कर खाए

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
onta-@.jpg.jpeg
काठमाडौं । अकुत सम्पत्ति आर्जन तथा करोडौ भ्रष्टाचार गरेको अभियोगमा निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले १० मिनेटमै १० करोड जुटाएर धरौटी बुझाएका छन् । बयानका क्रममा थुनामा बस्न नमानेका वन्त १० करोड धरौटी बुझाएर थुनामा पर्नबाट जोगिएका छन् । सामान ढुवानीमा चरम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बयानका लागि आयोगमा बोलाएकामा वन्तको बयान लम्बिने भएपछि थुनाको प्रसंग उठेको थियो । 
 
अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको भन्दै हिरासतमा बस्न आग्रह गरे ।  वन्तले धरौटी जति मागे पनि दिने तर, थुनामा नबस्ने भनेपछि १० करोड धरौटी मागेको अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले बताए । 
 
अख्तियारले धरौटी तोक्नासाथ वन्तले तत्काल १० करोड रुपैयाँ झिकाए । उनको द्रुत कदम देखेर अख्तियार कर्मचारी चक्कर खाए । साँझ अबेर सम्म धरौटी गन्ने र बुझ्ने प्रक्रिया चलेको बताइएको छ । अख्तियारले अनुसन्धानका क्रममा कानूनबमोजिम कसैलाई थुनामा राख्न वा धरौटीमा छोड्न सक्ने प्रावधान छ । आयोगको ऐन ०४८ को दफा १९ (४) मा धरौटीबारे सो प्रावधान छ । वन्त यसअघिनै तीन महिनाको लागि निलम्बनमा परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ