arrow
ADVERTISEMENT

भारतीय राजदूतले झपारे मोर्चा नेतालाई, राजदूतको झपाराइपछी आन्तरिक छलफलमा

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Ranjit_ray_.jpg.jpeg
काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत राय मधेसी मोर्चाका नेतासंग खरोरुपमा प्रस्तुत भएका छन् । भारतीय विदेश मन्त्रालयले सरकारले गरेको निर्णयको स्वागत गरेकै बेला रायले भेटका लागि दूतावास पुगेका मोर्चा नेताहरुलाई सधै बोक्न नसकिने अभिव्यक्ति दिएका छन् । 
 
कडा शब्दमा रायले लामो आन्दोलनले नागरिकले चरम कष्ट पाएको भन्दै सहमति खोज्न आग्रह गरे । राजदूतावासमा मोर्चाका नेतालाई डाकेर राजदूत रायले तत्काल सहमति गर्न भने । राजदूत रायले आन्दोलन लम्बिंदै जाँदा नागरिक पीडामा परेको भन्दै अब फेरि पनि सहमति नभए आन्दोलनकारी दल, नेपाल र भारत कसैको हित नगर्ने सुनाए । 
 
भेटमा सहभागि नेता महेन्द्र राय यादव र लक्ष्मणलाल कर्णले सहमतिका साथ अघि बढ्न सुझाव दिएको बताएका छन् । रायले लामोसमय सम्म मोर्चालाई साथ दिन नसक्ने चेतावनी दिदै तराई मधेसका ६० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले संविधानमा हस्ताक्षर गरिसकेकाले आफुहरुले मोर्चालाई मात्र बोकेर हिँडन नमिल्ने तर्क गरे । 
 
राजदूतलाई भेट्न मोर्चाका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव र लक्ष्मणलाल कर्ण दूतावास पुगेका हुन् । राजदूतको झपेटपछी मोर्चाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । मोर्चाका नेताहरुले सोमबारै सरकारी वार्ता टोली र कांग्रेससंग समेत छुट्टा–छुट्टै छलफल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ