-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सहकारीको रकम अपचलन गरी विदेशमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।
उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानून उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।
उनलाई सिंगापुर एअरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै बुधबार राति काठमाडौँ ल्याइएको हो ।
उनलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।