arrow

सार्क हस्तकला भवन बन्ने, पाँच करोड विनियोजन

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
SAARC-logo.jpeg
काठमाडौँ । उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । 
 
नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो । 
 
नेपाल हस्तकला महासङ्घका उपनिर्देशक ऋषिराम सुवेदीले सार्क देशमा उत्पादन भएका हस्तकलाको सोरुम, प्रयोगशाला सेवा र डिजाइन केन्द्र राख्ने गरी तयारी थालिएको जानकारी दिए । उनले भने, “यो भवन निर्माण हस्तकला विकासका लागि कोसेढुङ्गा साबित हुन्छ ।” 
 
भवन निर्माणका लागि महासङ्घले विस्तृत भवन प्रतिवेदन तयार गरी उद्योगमन्त्रीसमक्ष पठाइसकेको सुवेदीले बताए । 
 
उनले अबको केही समयमा नै उक्त भवनको शिलान्यास गर्ने स्पष्ट पारे । 
 
उक्त भवन त्रिपुरेश्वरस्थित उद्योग विभागको परिसरमा निर्माण हुन लागेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ