arrow

योगगुरु रामदेवले कुस्तीमा ओलम्पिक पदकधारीलाई पछारे !

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Ramdev_Wrestling.jpeg
नयाँ दिल्ली। भारतका चर्चित योग गुरु रामदेवले ओलम्पिकमा कुस्ती तर्फको रजत पदक बिजेता एण्ड्रिए स्टाडनिकलाई पराजित गरेका छन्। 
 
भारतमा चलिरहेको 'प्रो रेस्लिङ लिग'मा मैत्रीपुर्ण खेलमा रामदेवले स्टाडनिकलाई १२-०ले पराजित गरेका हुन्। रामदेव सुन्तला रंगको धोतीलाई लंगोट बनाएर भिडेका थिए। 
 
स्टाडनिकले भारतका स्टार कुस्तीवाज सुशील कुमारलाई बेईजिङ ओलम्पिकमा पराजित गरेका थिए। रामदेवले आफुले बालककाल देखि योग गरिरहेको र शाकाहारी रहेकाले आफ्नो शक्ती ब्रम्हबाट निकाल्ने बताएका छन्। 
 
खेल मैत्रीपुर्ण भएपनि रामदेवले कुस्तीका नियमहरु पालन गरेका थिए। योगको शक्तीका बारेमा बुझाउन पनि यो मैत्रीपुर्ण खेलले सहयोग गर्ने आयोजकको धारणा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ