नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली
हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हुनसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
649
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भिक भूमि भएको उल्लेख गर्दै स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने अवस्था नरहेको बताए। उनले पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेकोमा जोड दिए।
"यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन," प्रधानमन्त्री ओलीले भने, "हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हुनसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ।"
उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने, भौतिक पूर्वाधारको कमी हुन नदिने र दक्ष जनशक्ति कसरी पूरा गर्ने भन्नेबारे सरकार गम्भीर रहेको बताए।
प्रधानमन्त्री ओलीले बिरामीको सङ्ख्या न्यूनीकरण गर्नेतर्फ पनि सरकारको ध्यान गइरहेको जानकारी दिए।