arrow

श्रीमतीको हत्या आरोपमा वीरगञ्जमा एक पुरुष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
nepal-police12.jpg

वीरगञ्ज (पर्सा)। आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा वीरगञ्जको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन्। उनले शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको आरोप लागेको छ, र उनी आइतबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान्–श्रीमतीबीच लामो समयदेखि बोलचाल नभएको पत्ता लागेको छ। प्रवक्ता लम्सालका अनुसार, "श्रीमान् लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ।" यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ