arrow

ओली भिजन

‍‘मिसन ०८४’ मा केन्द्रित हुन ओलीको निर्देशन [भिडियो]

दुई वर्ष थाँतीमै, युवा संगठनलाई योजनाबद्ध ढङ्गले ‘मिसन ०८४’ मा लाग्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
kp-baa-09.jpg

ललितपुर। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपाललाई ‘मिसन ०८४’ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिएका छन्। सोमबार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले युवा संगठनलाई योजनाबद्ध ढङ्गले ‘मिसन ०८४’ मा लाग्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले संगठनले युवाको हक हित र रोजगारीका कुराहरूका साथसाथै ‘मिसन ०८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताए। उनले ‘मिसन ०८४’ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेकोमा जोड दिए। कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन पनि उनले आग्रह गरे।

"योजनाबद्ध ढङ्गले अघि बढ्नुस्। मिसन ०८४ हामी सबैको मुख्य कुरा हो," अध्यक्ष ओलीले भने, "तपाईंहरूको आफ्नो संगठनको कुरा छ। युवाको हक हित, रोजगारीको कुरा भयो। यावत् कुराहरू होलान्। एन्टरप्रेनरसिपका कुराहरू होलान्। थुप्रै कुराहरू होलान्। ती सबै गर्दै गर्दा हामीले फेरि मिसन ०८४ भुल्यौँ भने सबै कुरा भुल्छौँ।" उनले ‘मिसन ०८४’ मा केन्द्रित भएर अघि बढ्न आग्रह गर्दै पार्टी र आन्दोलनभित्र एकता (युनिटी) को आवश्यकता औंल्याए।

अध्यक्ष ओलीले सही ढङ्गले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु नहुने बताए। उनले इनोभेटिभ तरिकाले खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल गर्न र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ