दैलेखको मिथेन ग्याँसको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र हुने [भिडियो]
११२ अर्ब घनमिटर ग्याँस र परीक्षण उत्पादन
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
641
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको मिथेन ग्याँसको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैलेखमा मिथेन ग्याँसको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए
प्रधानमन्त्री ओलीका अनुसार, दैलेखमा एउटा कुवाबाट मात्रै ११२ अर्ब घनमिटर मिथेन ग्याँस प्राप्त हुने अनुसन्धानले देखाएको छ। उनले यसको परीक्षण उत्पादन आगामी मंसिरभित्र सम्पन्न हुने र त्यसपछि यसको सदुपयोग गरिने बताए।
ओलीले भने, "दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ। यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ। यसको व्यावसायिक उत्पादन सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ। सदुपयोग पनि गरिनेछ।"