arrow

मधेशी मोर्चालाई वार्ता गर्न भ्याइ नभ्याइ; सरकारसँग र काँग्रेससँग सघन छलफल

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
congress-moarcha.jpg.jpeg
काठमाडौँ। सरकारले मधेशी मोर्चाले राखेका मागहरु सम्वोधनका क्रममा आइतवारको मन्त्रीपरिषदको वैठकबाट ३ बुँदे निर्णय गरे लगत्तै आन्दोलनरत मधेशी मोर्चा सरकार र प्रमुख प्रतिपक्षी दल काँग्रेससँग व्यापक छलफलमा लागेको छ। 
 
भारतीय दुतावासमा पनि छलफलमा गएका मधेशी मोर्चाका नेताहरुलाई त्यहाँ मन्त्रणा भएको थियो। भारतीय सरकारका तर्फबाट नेपाल सरकारको निर्णयलाई विदेश मन्त्रालयले ४ बुँदे वक्तव्य मार्फत स्वागत गरेपछि मधेशी नेताहरुले नेपालमा वार्तालाई अझ सघन बनाएका हुन्।  
 
सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच पनि छलफल भएको छ । काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको छलफलमा मधेस आन्दोलनका माग सम्बोधन सम्बन्धमा छलफल भएको र मङ्गलबार बिहान पुनःछलफल हुने काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो । 
 
सत्ता पक्षसँग कुनै पनि वार्ता हुन नसकेका बेला प्रतिपक्षी दल काँग्रेसले मोर्चाका माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने पहल गरेको उहाँले बताउनुभयो । 
 
छलफलमा काँग्रेसबाट सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवं नेता विमलेन्द्र निधि तथा मोर्चाबाट तराई–मधेस तोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।
 
यसैक्रममा मोर्चाले सरकारी वार्ता टोलीसँग पनि छलफल गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ