बैंकिङ कसूरमा काठमाडौँ भ्यु टावरका ठेकेदार भेटवाल पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
1k
Shares
काठमाडौँ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यु टावर निर्माण गरिरहेका व्यवसायी एवम् ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैंकिङ कसूरको जाहेरी दर्ता भएपछि उनी पक्राउ परेको बुझिएको छ ।