arrow

विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
teachers.jpeg
जाजरकोट । छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । 
 
रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षाबाट वञ्चित नहुन् भनी कार्यालयले यो अभियानलाई कडाईका साथ अगाडि वढाएको सिंहको भनाई छ । 
 
यसले गर्दा विद्यार्थीलाई छिटो साक्षर वनाउँछ, अनि मात्र शिक्षकले तलब पाउँछ, नतिजा हेरेर मात्र तलब भुक्तानी गरिने कामलाई तिब्र पारिने उनको भनाई छ । विद्यालय जानबाट वञ्चित भएका तर पढ्नलाई निकै रुची राख्ने, गरिबीका कारण पढाई छाड्न बाध्य भएकालाई यो कार्यक्रमले समेट्ने छ । यो कार्यक्रम तीन महिना चल्ने छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ