arrow

राससकी पहिलो महिला महाप्रबन्धक निर्मला आचार्य सेवा निवृत्त

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Nirmala-Acharya.jpeg
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) की महाप्रबन्धक निर्मला आचार्य उमेरहदका कारण शुक्रबारदेखि सेवा निवृत्त भएकी छिन् । समितिको पहिलो महिला महाप्रबन्धकका रुपमा जिम्मेवारी सम्हालेकी महाप्रबन्धक आचार्यले २३ वर्ष सेवा गरेकी हुन् ।  
 
रासस सेवाकै क्रममा नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ साउन १४ गतेको निर्णयबाट आचार्य विशिष्ठ श्रेणीको महाप्रबन्धक पदमा नियुक्त भएकी थिइन् । 
 
समितिमा विसं २०५० मा अधिकृतस्तर सातौँ तहको सहसम्पादक पदमा स्थायी सेवा प्रवेश गरेकी आचार्यले लामो समयसम्म उपप्रमुख समाचारदाता हुँदै प्रमुख समाचारदाता र नायब महाप्रबन्धक जस्तो महत्वपूर्ण एवम् जिम्मेवार पदमा रही सफलतापूर्वक नेतृत्व सम्हालेकी थिइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ