arrow

जबरजस्ती करणी गरी फरार अपराधी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी उद्योग मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं ९ सुन्तलीटारका ५० वर्षीय ध्रुवराज भण्डारी हुन् । 

प्रहरीका अनुसार अदालतले उनलाई जबरजस्ती करणी उद्योग कसूर मुद्दामा तीन वर्ष छ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । 

घटनादेखि नै फरार रहँदै आएका भण्डारीलाई बिहीबार पक्राउ गरी कैद भुक्तान तथा जरिबाना असुलीका लागि अदालत पेश गरेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ