arrow

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण सम्पन्न, विश्वलाई वित्तीय खाडल घटाउन आह्वान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
oolis.jpg

काठमाडौँ। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। राष्ट्रसङ्घका महासचिवको निमन्त्रणामा गत असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको ६ दिने भ्रमण सफल र फलदायी भएको परराष्ट्र सचिव अमृत राईले बताएका छन्।

प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै सचिव राईले प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरू कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गरेको बताए।

राईका अनुसार, खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालन गर्न राष्ट्र प्रमुखस्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल खानेपानी तथा सरसफाइको उक्त अभियानमा समावेश भएको घोषणा गरेका थिए। उनले स्वच्छ खानेपानीको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए।

सचिव राईले भने, "उहाँले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरू कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभयो। सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनका लागि राष्ट्र प्रमुखस्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै नेपाल खानेपानी तथा सरसफाइ उक्त अभियानमा समावेश भएको घोषणा पनि गर्नुभयो। साथै नेपालको संविधानले स्वच्छ खानेपानीको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका आधारभूत सेवाहरू प्रदान गर्न सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो।"

सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको पनि जानकारी दिए। यस क्रममा स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट र समकक्षी सान्चेजसँग पनि भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ