प्रचण्डको दाबी: २०८४ 'क्रान्तिको नयाँ चरण' हुनेछ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
741
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८४ साललाई नेपाली क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
दाहालले महिला, उत्पीडित, आदिवासी, जनजाति लगायत सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा संगीतले सबैभन्दा ठूलो भूमिका खेलेको बताए। उनले जनयुद्धका बेला भाषण, दर्शन र सिद्धान्तको व्याख्याभन्दा गीत, संगीत र नृत्यहरूले बढी भूमिका खेलेको स्मरण गरे। आगामी निर्वाचनको लडाइँमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने उनले बताए।
"आउने २०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ। यही विश्वास छ," अध्यक्ष दाहालले भने, "मलाई विश्वास छ, कमरेडको रूपमा तपाईंहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ।"
दाहालले पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबीसमेत गरेका छन्।