arrow

पूर्वाञ्चलमा धमाधम औषधि आउन थाल्यो

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार

 

पथरी (मोरङ), ७ पुस । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको छ । 
 
स्वास्थ्य सेवा विभागले हवाई जहाजमार्फत औषधि आयात गरेपछि पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साहले जानकारी दिनुभयो । 
 
भारतको नाकाबन्दी र मधेसी मोर्चाको बन्दका कारण औषधि ढुवानीमा समस्या हुँदा पूर्वाञ्चलमा औषधिको अभाव भएको थियो । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प्रमुख भरत साहकाअनुसार स्वास्थ्य सेवा विभागले दमका बिरामीले प्रयोग गर्ने औषधि, सिटामोल साथै प्रेसरका औषधिसमेत मेडिकल स्टोरमा आइपुगेको छ । 
 
कार्यालय प्रमुख साहले कार्यालयमा आएको औषधिले २५ प्रतिशत माग पूरा गर्ने बताउनुभयो । कार्यालयले सिरहा र सप्तरीमा समेत एक–एक ट्रक औषधि ढुवानी गरेको उहाँले जानकारी दिनुभयो । 
 
मेडिकल स्टोरले पूर्वाञ्चलका १६ जिल्लामा औषधि पु¥याउँदै आएकामा नाकाबन्दी र तराई बन्दका कारण चार महिनासम्म सिरहा र सप्तरीमा औषधि ढुवानी हुन सकेको थिएन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ