arrow

सवारी लाइसेन्स लिन नक्कली परीक्षार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
mahammad-pakrau.jpg

पोखरा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अर्कैको नाममा प्रयोगात्मक परीक्षा (ट्रायल) दिने एक जना प्रहरीको फन्दामा परेका छन् । 

पक्राउ पर्नेमा बागलुङ नगरपालिकावडा नं ५ अमलाचौर घर भई हाल पर्वतको कुश्मा नगरपालिका वडा नं ६ बस्दै आएका ३३ वर्षीय मोहम्मद रहिम छन् ।

अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा मोहम्मदलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोहम्मदले आवेदक कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा सहभागी भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार २३ गते यातायात व्यवस्था कार्यालय कास्कीमा सञ्चालित वर्ग ‘बी’ (कार, जिप, डेलिभरी भ्यान) को ट्रायलमा सहभागी भएका थिए ।

विशेषा सूचनाको आधारमा खटिएको प्रहरी टोलीले परीक्षा दिइरहेका अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका रहिमलाई कास्की जिल्ला अदालतमा पेश गरी लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ