arrow

भूकम्पपीडित सैनिकलाई चार करोड

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
army.JPG.jpeg
दमौली, ७ पुस । तनहुँको व्यास नगरपालिका–८ स्थित रामवाण गुल्मले पहिलो चरणअन्तर्गत भूकम्पबाट पीडित भएका बहालवाला र भूपू सैनिकका लागि रु तीन करोड ९६ लाख ७५ हजार राहत रकम वितरण गरेको छ । 
 
तनहँु जिल्लाभित्रका पूर्ण र आंशिक रुपमा घर क्षति भएका एक हजार ३३६ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको हो । 
 
सैनिक कल्याणकारी योजना निर्देशनालय सैनिक जङ्गीअड्डाबाट उपलब्ध भएको उक्त राहत रकम ती सैनिकलाई वितरण गरिएको गुल्मपति दुर्गाबहादुर थापाले बताउनुभयो । 
 
भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त भएकालाई रु ५० हजार र आंशिक रुपमा घर क्षति ग्रस्त भएका सैनिकलाई रु २५ हजारका दरले राहत रकम बाँडिएको हो । 
 
दोस्रो चरणअन्तर्गत समेत पूर्णरुपमा घर क्षतिग्रस्त भएका ५७ जना र आंशिक रुपमा क्षति भएका १६५ जना सैनिकलाई रु ७१ लाख २५ हजार राहत रकम वितरण गरिसकेको जानकारी गुल्मका लेखा प्रमुख प्रेम पाण्डेले दिनुभयो । रासस   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ