arrow

पर्साको तिलाबे खोलामा बेलिब्रिज जडान अनिश्चित, ठेक्का रद्द भएपछि आवतजावतमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
pul-parsa.jpg

वीरगञ्ज (पर्सा)। सडक विभागले पर्साको तिलाबे खोलामा यस वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा हुन सकेको छैन। विभागले ’स्टिल बेलिब्रिज’ को बोलपत्र नै रद्द गरेपछि वर्षायाममा स्थानीयलाई थप समस्या भएको छ।

२०८१ सालको वर्षायाममा आएको बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति पुर्‍याएको थियो। बाढीले पुलको फाउन्डेसनसँगै रहेको पिलरमा क्षति पुगेपछि पुल जोखिममा परेको छ र हाल यसबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेपछि सडक ’एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको जानकारी दिए।

"यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि ३ करोड ३० लाख रुपैयाँको ठेक्का आह्वान गरेको थियो," उनले भने, "एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो। तर, वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो।"

कार्यालय प्रमुख पटेलका अनुसार, नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ