arrow

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनमा प्रधानमन्त्री ओलीले भने– उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
kp-oli-women-int-82-3-27.jpg

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन् । 

महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । 

“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ”, प्रधानमन्त्री ओलीले भने । 

उनले अगाडि थपे, “हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ । तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरुको सङ्ख्या छात्रहरुको भन्दा बढी छ । नतिजामा पनि छात्राहरुको राम्रो हुँदै गएको छ । हामील् अझै प्रगति हासिल गर्दै जानुपर्नेछ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ