arrow

लोकतन्त्रको विकल्प छैन : सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
devraj-ghimire-bhaktapur.jpg

भक्तपुर । सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू-तुलनात्मक अध्ययन’ पुस्तक विमोचन गर्दै उनले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट भएकाले यसको विकल्प नभएको स्पष्ट पारे ।

गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु संसदीय दल र नेताहरूको कर्तव्य भएको बताए । 

जनताले महसुस गर्ने गरी सेवा प्रवाह गर्न राजनीतिक दलहरूले व्यवस्था सुदृढ गर्नुपर्ने बताउँदै उनले मानव जातिलाई प्रगतिको पथमा लैजान र वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

त्यस अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले नेता योगेश भट्टराई, वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, कांग्रेस नेता दुर्लभ थापा र जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले पुस्तकका विविध पक्षबारे समीक्षा गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ