arrow

सहारा बचतका कर्मचारीलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
sacos-logo.jpg

मोरङ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्र मधुमल्लामा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरिएको छ । 

एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोस लिमिटेडले प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो । 

दिइएको जानकारीअनुसार गत असार २९ गते आइतबार दिउँसो करिब १ बजे सहारामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशीला लामिछानेलाई सदस्यले कर्जा नवीकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ रचना टोल बस्ने दुर्गामाया लिम्बू र माया मगरले दुर्व्यवहार गरेका हुन् । 

उनीहरुले कागजपत्र तयार गरी घरमै आएर कर्जा नवीकरण गर्न अनुरोध गरी कर्मचारी बोलाइ कुर्सीमा राखी कुराकानी गर्नासाथ पूर्वयोजना अनुसार जुत्ताको माला लगाइदिएका थिए । 

त्यस्तै प्रमुखलाई हातपातसमेत गरी निकृष्ट कार्य गर्दै भिडियोसमेत बनाइ सामाजिक सञ्जालमा राखी कर्मचारीको चरित्र हत्यासमेत गरेको घटनाले एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोस लिमिटेडको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

साथै संस्थामा कर्मनिष्ठ भई कार्य सम्पादन गर्ने क्रममा यस प्रकारको निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय दुर्व्यवहारप्रति सम्पूर्ण कर्मचारी परिवार दुःख व्यक्त गर्दै घोर भर्र्सनासमेत गरिएको छ । 

यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनअनुसार हदैसम्म कारबाही गर्नका साथै भिडियो सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गर्नेलाईसमेत कानून बमोजिम कडा भन्दा कडा कारबाहीको लागि प्रशासनसमेत माग गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ