arrow

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत सेवा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
Birgunj-dryport-sirsiya.jpg

वीरगञ्ज (पर्सा)। वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। यो मर्जरसँगै अब एकीकृत कार्यालयबाटै सेवा प्रवाह पनि शुरु भएको छ।

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो भने सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रूपमा अस्तित्वमा थियो। एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गरिन्छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भने यसअघि रेलवे ¥याकबाट सामान आयात र निर्यात हुने गरेको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताए।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षभरिमा रु. ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ