arrow

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
galaicha-nepal.jpg

वीरगञ्ज (पर्सा)। बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुकमा निर्यात गर्न थालेको छ। इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहबाट संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा निर्यात सुरु गरेको हो।

इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार, यसअघि भारतमा मात्र आफ्ना उत्पादन निर्यात गर्दै आएको कम्पनीले अब विश्व बजारमा प्रवेश गरेको छ। उनले करिब रु एक करोड बराबरको गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको बताए। लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे।

जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको यो उद्योगले १०० जनालाई रोजगारी दिएको छ। उद्योगको वार्षिक २० लाख वर्गमिटर गलैँचा उत्पादन गर्ने क्षमता छ। उद्योगका अनुसार प्रतिवर्गमिटर रु ९०० देखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेका छन्। विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको यस उद्योगमा करिब रु ४० करोड लगानी भएको छ।

यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ