arrow

पानीमा लगानी गर्न दैनिक ५० करोड बराबरको प्रतिबद्धता

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
waterfall-beauty-lets-explore-lets-get-lost.jpeg
काठमाडौँ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक  ५० करोड बराबरको आवेदन पर्ने गरेको छ । 
 
ऊर्जा मन्त्रालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताए । 
 
प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा महत्वपूर्ण आयोजनाको छनोट गरेर निर्माण प्रक्रिया सुरु गरिने उनको भनाइ छ । कुनै आयोजनाको प्रारम्भिक लागत रकम जुट्नेबित्तिकै निर्माण अवधि, प्रतिफल तथा सम्पूर्ण जानकारीसहित मन्त्रालयले आवश्यक योजना सार्वजनिक गर्ने मन्त्री शर्माको भनाइ छ । 
 
मन्त्री शर्माले भने , “नागरिकबाट प्रतिबद्धता आइसकेपछि लगानी गर्ने आयोजना, त्यसको लागत, निर्माण अवधि र त्यसबाट आउने प्रतिफललगायतका बारेमा लगानीकर्तालाई जानकारी गराइन्छ । नागरिकले पहिलो चरणमा प्रतिबद्धता मात्रै जनाए हुन्छ ।” 
 
सो अभियानबाट प्राप्त भएको रकम राष्ट्रिय गौरवको जलविद्युत् आयोजनामा लगानी गर्ने सरकारको योजना रहेको छ । मन्त्री शर्माका अनुसार हालसम्म प्राप्त भएको प्रतिबद्धतामा विदेशमा रहेका युवाको बढी चासो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आज साँझसम्म रु दुई अर्ब ५३ करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ