arrow

गाडी ’ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि किचेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
nepal-police-logo.png

देउखुरी (दाङ)। दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरीका अनुसार, बानियाँ आफ्नै घरअगाडि रोकिराखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा दुर्घटनामा परेका थिए। टेको हटाउँदा गाडी ’ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए।

तत्काल लमही अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ