स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर क्लव हल सिटीका खेलाडी रायन मासनको तालु फुटेको छ । लिगको खेलका क्रममा चेल्सीविरुद्धको खेलमा उनको तालु फुटेको हो ।
आइतबार रातिको खेलमा उनलाई तत्काल इमरजेन्सीमा अस्पताल लगी शल्यक्रिया गरिएको छ ।
उनको अवस्था गम्भीर अनि स्थिर रहेको अस्पताल स्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
२५ वर्षे मिडफिल्डर मासन चेल्सी स्ट्राइकर गेरी काहिलसंग ठोक्किएका थिए ।
उनको सेन्टमेरी अस्पतालमा उपचार भइरहेको छ ।