arrow

वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्छ : पौडेल

logo
प्रकाशित २०७३ माघ १० सोमबार
saudi-arabaia.jpeg
 रियाद ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने धारणा राखेका छन्  । साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सो धारणा राखेका हुन् । 
 
श्रम मन्त्रालय एक्लैले वैदेशिक रोजगारको भार थेग्न नसक्ने भन्दै उनले खाडी मुलुक सहित अन्य राष्ट्रहरुमा रहेका झण्डै ४० लाख श्रमीकहरुको समस्या समाधान गर्ने गरी छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने माग राखेका हुन् । यसका लागि आफूले पार्टी केन्द्रीय समिति बैठकमा सशक्त आवाज उठाउने प्रतिबद्धता उनले जनाए ।
 
 कार्यक्रममा कार्यवाहक नेपाली राजदूत आनन्द शर्माले दूतावासका अप्ठ्याराका विषयमा नेता पौडेललाई जानकारी गराएका थिए । साउदी अरेयिबापछि नेता पौडेलले संयुक्त अरब इमिरेट्स र बहराइनमा हुने जन सम्पर्क समितिका कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ