arrow

मध्यमस्र्याङ्दी मर्मत गर्न जर्मनी इच्छुक

logo
प्रकाशित २०७३ माघ १० सोमबार
marsandi.jpeg
काठमाडौँ। जर्मनीले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ । 
 
वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले सोमबार भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिए । राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोगका लागि इच्छुक रहेको पनि बताए । 
 
नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी, कृषि र पर्यटनका क्षेत्रबाट लाभ हासिल गरी दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो । 
 
वाणिज्यमन्त्री थकालीले संविधान निर्माणपछि नेपालले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधारका क्षेत्रमा काम गरिरहेको बताएका थिए ।  रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ