गर्मी र पानी अभावका कारण इरानमा सरकारी कार्यालय बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
1.2k
Shares
काठमाडौँ । इरानमा अत्यधिक गर्मी र यसका कारण उत्पन्न भएको पानी तथा बिजुलीको अभावका कारण तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरिएका छन्। यसका साथै, अन्य चार प्रान्तमा काम गर्ने घण्टा पनि घटाइएको छ।
हाल देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने केही क्षेत्रमा यो ५० डिग्री सेल्सियसको नजिक पुगेको छ। यस विषम परिस्थितिका कारण इरानी अधिकारीहरूले यो निर्णय लिन बाध्य भएका हुन्।
देशभरका बाँधहरूमा अहिले क्षमताको ४४ प्रतिशत मात्र पानी सञ्चित छ, जबकि होर्मोज्गन र फार्सजस्ता दक्षिणी प्रान्तहरूले पूर्ण रूपमा पानीको चरम अभावको सामना गरिरहेका छन्। तेहरानमा मात्रै ४१ प्रतिशत वर्षा कम भएको बताइएको छ। तेहरान प्रान्तको पानी कम्पनीले बिहीबारदेखि अर्को सूचना नभएसम्म सबै सार्वजनिक र निजी पोखरीहरूमा पानी आपूर्ति निलम्बन गरिएको घोषणा गरेको छ।
मन्त्रिपरिषद् बैठकमा इरानी राष्ट्रपति मसूद पेजेश्कियानले विगतका प्रयासहरूले यो संकट समाधान गर्न नसकेको स्वीकार गरेका छन्।