arrow
ADVERTISEMENT

नक्कली एमआरपी बनाउने पराजुली पक्राउ

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Parajuli.jpg.jpeg
काठमाडौं । झुटो विवरण राखेर नक्कली एमआरपी बनाउन सक्रिय व्यक्ति रत्नप्रसाद पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । राम र रमेश नामले चिनिने उनलाई प्रहरीले सिनामंगलबाट पक्राउ गरी हाल अदालतबाट राहदानी ऐन अन्तर्गतको मुद्धामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

गत साउन ४ गते  उतम गुरूङले अमेरिका जानको लागी झुट्टा विवरण भएको एमआरपी राहदानी अमेरिकी राजदुताबासमा पेश गरेका थिए । यो कुरा थाहा पाएको प्रहरीले उनलाई पक्राउ गरेपछि गुरुङले आफुले पराजुलीमार्फत राहदानी बनाएको प्रहरीलाई बयान दिएका थिए । जिल्ला अदालतलेका आदेशले साउन ३१ गते नै ६० हजार धरौटी राखेर गुरुङ धरौटीमा छुटिसकेका छन् । 

पराजुलीले काल्साङ छिरिङ नाम राखेर नक्कली एमआरपी गुरुङको नक्कली एमआरपी बनाइदिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ