arrow

चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफामा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
pakistan-sez-china-model.jpg

बेइजिङ । चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा सन् २०२५ को पहिलो छ महिना (जनवरी-जुन) मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको छ।

चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, वार्षिक मुख्य व्यापार आम्दानी कम्तीमा दुई करोड युआन वा सोभन्दा बढी हुने औद्योगिक कम्पनीहरूको संयुक्त नाफा यस अवधिमा ३ खर्ब ४४ अर्ब युआन पुगेको छ।

सोही अवधिमा यी कम्पनीहरूको कुल आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको देखिएको छ।

जुन महिनामा मात्र हेर्दा, यी ठूला औद्योगिक कम्पनीहरूको नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.३ प्रतिशतले घटेको छ। यद्यपि, यो गिरावट मे महिनाको तुलनामा केही कम भएको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ