arrow

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः देउवा

व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
deubass.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा मात्र थुपार्ने काम नगर्न आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

देउवाले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको स्मरण गरे। उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको तर त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए। उनले व्यापारी र उद्योगीहरूले मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे।

देउवाले भने, "नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ। व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार उहाँले निजीकरण गर्नुभयो। यति गाली पाउनुभयो उहाँहरुले, सारा व्यापारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो।"

उनले थपे, "हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन। व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो। केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले। हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि। सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि। आफू गर्नुपर्‍यो नि। आफू केही नगर्ने अनि हामीलाई दोष दिने? काम गर्नुपर्‍यो, मेहनत गर्नुपर्‍यो। बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस्।"

सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि स्पष्ट पारे। आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ