arrow

बेतनामा लोप हुन लागेका तीन सय भन्दा बढी प्रजातिका कछुवा

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
tortoise.jpeg
पथरी । लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो ।
 
सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ । 
 
तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा हेर्न आउनेको सङ्ख्या सिमसार क्षेत्रमा बढेको छ । 
 
सिमसार क्षेत्रमा रहेको तालमा आठ वटाभन्दा बढी प्रजातिका झन्डै ३०० भन्दा बढी कछुवा रहेको बेतना सिमसारका सदस्य बस्नेतको भनाइ छ । 
 
कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ