arrow

नेपाल र हङकङ तेक्वान्दोको राष्ट्रिय टोलीबीच मैत्रिपूर्ण खेल

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
t-Q-news.jpeg

काठमाडौं ।  नेपाल र हंङकङका राष्ट्रिय तेक्वान्दो खेलाडीबिच मैत्रिपुर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने मैत्रिपुर्ण खेल माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टिमका संयोजक हेमन्त डाँगीले बताए । उक्त मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी ७ खेलाडी र एक प्रशिक्षक आगामी बिहिबार नेपाल आउनेछन् । कुल ६ तौल समुहमा प्रतिस्पर्धा हुने तेक्वान्दो प्रशिक्षक समेत रहेका डाँगीले बताए ।

हंङकङ तेक्वान्दो राष्ट्रिय टोलीका प्रशिक्षक तुलसी गुरुङको नेतृत्वमा पुरुषतर्फ  ६८–७१ केजीमा वोङ चुन होए,५४ केजीमुनि क्योक यु हिन र ७४–८० केजीमा चुङ वाङ तात तथा महिलातर्फ ५३–५७६ केजीमा यिन पुई यिन र ४६ केजीमुनि खेलाडी यु मान साङले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाकै ४९–५३ केजी समुहमा भने सो युइन टिङ र ताङ कित यीङले प्रतिस्पर्धा गर्नेछिन् । सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता रेजीना कार्की(४६केजी),ज्ञानी चुनारा(५७ केजी),तारा कुमार रायमाझि(५४ केजी),महम्मद वेस (६७)केजी र निश्चमान श्रेष्ठ(७४ केजी)ले आफ्नो तौलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै ५३केजी तौलसमुहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्माले थापाले प्रतिस्पर्धा गर्नेछिन् । सो अवसरमा नेपाल र हङकङका राष्ट्रिय टोलीले आगामी माघ १४ र १७ गते दशरथ रगंशालामा सयुक्त रुपमा ट्रेनिङ गर्नेछन् । १६ गते नक्सालस्थीत अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण गर्नेछन् ।

हङकङ टोलीले माघ १५ मा पोखारका खेलाडीसँग पोखरा रंगशाला पनि प्रशिक्षणगर्ने कार्यक्रम रहेको मैत्रिपुर्ण खेलका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए । उक्त मैत्रिपुर्ण खेल र संयुक्त ट्रेनिङ मार्फत नेपाली खेलाडीको खेल स्तरमा विकास हुने संघका उपाध्यक्ष पोख्रेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ