arrow

अवैध रुपमा अमेरिका जान लागेका १६ नेपालीसहित ३३ पक्राउ

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
guatemala_map.jpg.jpeg
ग्वाटेमाला । अवैधरुपमा अमेरिका जान लागेका १६ नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् । नेपाली रहेकै समूहमा रहेका १७ बंगलादेशी समेत पक्राउ परेका अधिकारीहरुले जनाएका छन् । पक्राउ पर्ने सबै पुरुष छन् । बस चढेर राजधानी ग्वाटेमाला सिटी बाहिर निस्कन लागेका उनीहरु आइतबार प्रहरीको फन्दामा परेका हुन् । 
 
ग्वाटेमाला प्रहरीले विज्ञप्ती जारी गर्दै मानव तस्करको सूचना पाएर छापा मार्दा उनीहरु पक्राउ परेका जनाएको छ । फक्राउ परेकाहरु सरकारी आवासमा छन्् । नेपाली र बंगलादेशीहरु एसियाबाट अफ्रिका पुगेका बारे केही खुलेको छैन । यसरी अवैध रुपमा जाने एसियाली नागरिक र पठाउने व्यक्ति पटक–पटक पक्राउ पर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ