arrow

नयाँ आन्दोलन र विद्रोहले जन्म लिने प्रचण्डको दाबी, १७ हजारका नामले बदनाम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
prachanda-82-4-18rr.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उनको भनाइ छ । 

आफूहरुले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महसुस गरेर अहिले शहीद, बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम शुरु गरेको बताए ।

शहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महसुस भएको पनि बताए । प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गरे । नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताए । 

प्रचण्डले भने, ‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान शहीदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटी गर्यौँ, हाम्रा शहीद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ । त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, शहीद बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ । पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ ।’

अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ