arrow

असमान सन्धिका विषयमा भारतसँग बसेर परिमार्जन गर्न सकिन्छः नेता पोखरेल

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Ishwor-Pokharel.jpg.jpeg
इटहरी । नेकपा (एमाले)का महासचिव पोखरेलले १९५० का सन्धि वा अरु कुनै असमान सन्धिका विषयमा भारतसँग बसेर औचित्यका आधारमा क्रमशः परिवर्तन वा परिमार्जन गर्न सकिने बताएका छन् । प्रेस चौरी नेपालले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । पोखरेलले सार्वभौम नेपालका जनताबाट निर्वाचित संविधानसभाले आफ्ना लागि संविधान लेख्ने कुरा छिमेकी भारत, चीन वा जापान अमेरिकालगायत अरु मुलुकलाई सोधेर लेख्नुपर्ने कुनै दरकार थिएन र छैन भने ।

उनले छिमेकी मुलुक भारतले किन नेपालको संविधानमा यस्तो र त्यस्तो भनेर टिप्पणी गर्नुप¥यो यो हामीले बुझ्नै नसकेकोे बताए । संविधान आफैमा अपुरो र सबैको चित्तबुझ्दो दस्तावेज हुन नसक्ने बताउँदै नेता पोखरेलले यो समयसापेक्ष परिवर्तन र संशोधन हुँदै जाने भएकाले संविधानमा रहेका अन्तर्वस्तुलाई नेपालीले नै समयको मागअनुसार परिमार्जन र थपघट गर्दै जाने स्पष्ट पारे ।

एक प्रसङ्गमा उनले धेरै लामो कालखण्ड बितिसक्दा पनि हामीले दुई छिमेकी मुलुकबीच एकापसमा जोड्ने सडक सञ्जाल निर्माण गर्न नसक्नु नै नेपालीको ठूलो कमजोरी र भुल भएको रहेको बताए । “अब हामीले आत्मनिर्भर बन्न र स्वाभिमान बचाउनका लागि विगततिर फर्किएर आत्मसमीक्षा गर्नु जरुरी छ, दुवै छिमेकी मुलुकसँग सन्तुलित व्यवहार गर्नुपर्ने शिक्षा मिलेको छ ।” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ