arrow

इरानको अडान: आणविक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
israel-iran-warp3e.jpg

काठमाडौँ । इरानले भविष्यमा हुने कुनै पनि आणविक वार्तामा अमेरिकालाई आफ्ना आणविक केन्द्रहरूमा गरेको आक्रमणको विषयमा जवाफदेही बनाउने बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले यस विषयमा क्षतिपूर्ति माग्नलाई प्रमुख एजेन्डा बनाइने स्पष्ट पारेका छन्। यद्यपि, इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेको छ।

गत जुन २२ मा इजरायलले सुरु गरेको र अमेरिका पनि छोटो समयका लागि संलग्न भएको आक्रमणमा इरानका फोर्डो, इस्फाहान र नताञ्जका आणविक केन्द्रहरूलाई निशाना बनाइएको थियो। यस घटनापछि अप्रिलदेखि जारी रहेको उच्चस्तरीय वार्ता प्रक्रिया रोकिएको थियो। इरानले यसपछि संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (आइएईए) सँगको सहकार्य पनि निलम्बन गरेको छ।

इरानले वार्ता पुनः सुरु हुनुअघि भविष्यमा यस्ता सैन्य आक्रमणहरू नहुने ग्यारेन्टी माग गरेको छ। अर्कोतर्फ, अमेरिकाले भने इरानको क्षतिपूर्तिको मागलाई 'हास्यास्पद' भन्दै खारेज गरिसकेको छ।

प्रवक्ता बकाईका अनुसार, आइएईएका उपप्रमुख १० दिनभित्र इरान भ्रमणमा आउनेछन्। तर, इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष इब्राहिम अजीजीले आइईएको टोलीलाई प्राविधिक र विशेषज्ञ तहमा मात्र छलफल गर्न अनुमति दिइने र आणविक केन्द्रहरूको भौतिक निरीक्षणको अनुमति नदिइने स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ