arrow

विदेशी अनुसन्धानकर्ता भन्छन् ‘नेपालको अलैँची र अदुवा स्वादिलो’

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
ginger.jpeg
बनियानी । अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर झापा फर्किएको टोलीले बिर्तामोडमा आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन् । 
 
स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको बताए । 
 
नेपाली अलैँचीको प्रशंसा गर्दै उनले भने, “प्याकेजिङ र गुणस्तरमा ध्यान दिए नेपाली कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रवेश पाउन सक्छ ।” 
 
त्यस्तै, टोलीकी प्राध्यापक डा स्टेफिन जकेटले नेपाली अलैँची र अदुवाको प्रशंसा गरे । 
 
टोलीमा नेपाल, स्विट्जरल्यान्ड, बोलिभिया, लाओस र युगान्डाका अलैँची र अदुवामा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ताको सहभागिता रहेको छ । 
 
अनुसन्धानको अगुवाइ गरिरहेको नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसिसिआर) का कार्यक्रम संयोजक विष्णुराज उप्रेतीले यसप्रकारको अनुसन्धानले नेपालको कृषिजन्य उत्पादन अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने बताए । 
 
नेपाल अलैँची व्यवसायी महासङ्घले संयोजन गरेको ‘नगदे बाली उत्पादन, प्रवद्र्धन र निर्यात’ सम्बन्धी कार्यशालामा सहभागी भएका उनीहरुले नेपालमा उत्पादित नगदे बालीको विविध पक्षबारे जानकारी लिनुका साथै आफ्ना सिकाइ आदान–प्रदान गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ