गोसाइँकुण्डमा सञ्चालित स्वास्थ्य शिविर थप प्रभावकारी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
591
Shares
फाइल तस्बिर
रसुवा । गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार संघका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्।
शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए।
गोसाइँकुण्डमा हिमालयन उद्धार संघले ६ जना एमवीवीएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पुर्याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन्।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सरक्षाकर्मी परिचालन गरिएको छ। रासस