arrow

लैंगिक संवेदनशीलताको मुद्दा कुनै एउटा दल विशेषको मात्रै होइनः सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
sherbahadur-deuba-82-4-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले लैङ्गिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय भएको बताए । 

यसमा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए । लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने पनि बताए । 

सभापति देउवाले भने, ‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन । यो समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय पनि हो । हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ । लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ । लैङ्गिक संवेदनशीलताको सुझावहरुलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ ।’

सभापति देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने बताए । (न्युज एजेन्सी नेपाल) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ