काठमाडौं । चितुवाका नामले परिचित जमैकन धावन उसेन बोल्टले तीन ओलम्पिकमा जितेको तीन तीन स्वर्णपदकको कीर्तिमान खोसिएको छ । सन् २००८ को बेइजिङ ओलम्पिक, सन् २०१२ को लण्डन ओलम्पिक र सन् २०१६ को रियो ओलम्पिकमा तोडेको १०० मिटर, २०० मिटर र ४ गुणा १०० मिटर दौडमा बनाएको स्वर्णपदकको कीर्तिमानमध्ये एउटामा डिस्क्वालिफाइ भएसंगै कीर्तिमान नबनेको हो ।
सन् २००८ को बेइजिङ ओलम्पिकमा ४ गुणा १०० मिटर दौडका सहयात्री नेस्टा कार्टर डोपिङ परीक्षणमा परेपछि सो स्पर्धाको बोल्टको स्वर्णउपाधि पनि खोसिएको हो । योसंगै ट्रिपल एक्सको इतिहास सकिएको हो ।
नौ वर्षअघिको घटनाको अहिले पुनरावृत्ति गर्दा बोल्टलाई सबैभन्दा ठूलो झड्का लागेको हो । एथलेटिक्समा तीन वटा ओलम्पिकमा तीन तीन वटा गरी नौ वटा स्वर्ण जित्ने बोल्ट एक्ला थिए ।
अब स्वर्ण संख्या घटेर ८ पुगेको छ ।
चितुवाभन्दा पनि छिटो दौडन सक्ने भन्दै बोल्टको निकै प्रशंसा हुने गरेको छ ।