चक्रे मिलनसहित १९ जनालाई धरौटी बुझाउन अदालतको आदेश, चक्रे नछुट्ने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनालाई अभद्र व्यवहार मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले चक्रे मिलनसँग सबैभन्दा धेरै ३० हजार धरौटी माग गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौँको चक्रपथस्थित साम्बला होटलबाट उनी पक्राउ परेका थिए ।
उनका सहयोगीहरुसँग १० हजारदेखि २० हजारसम्म धरौटी माग मागिएको छ ।
चक्रे मिलन नछुट्ने
यो मुद्दामा चक्रे मिलन छुट्ने देखिए पनि उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसूरको मुद्दा भएकाले नछुट्ने भएका छन् । उनलाई ज्यान मार्ने उद्योगको मुद्दाका लागि भक्तपुर लगिएको हो ।
अन्य भने धरौटी बुझाएर छुट्ने छन् । गत वर्ष भदौ १० गते आफ्नो भतिजो मनिष रायमाझीलाई भक्तपुरको सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले चक्रेविरुद्ध जाहेरी दिएका थिए ।