arrow

महिलालाई विभेद गर्नेलाई भोट नदिन आब्हान

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
mahila-(1).jpg.jpeg
काठमाडौ । महिला अधिकारबादीहरुले महिलामाथि कुनै पनि रुपमा विभेद गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नहाल्न सम्पूर्ण महिलाहरुलाई आब्हान गरेका छन ।  मानवअधिकारको लागि महिला, एकल महिला समूहले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामजानकी मन्दीर दर्शनको क्रममा विद्युवा, अलच्छिनी लगायतका असभ्य भाषाले गरेको अपमान सम्पूर्ण नेपाली ५१ प्रतिसत महिलाको भएको भन्दै त्यस्तो आब्हान गरेको हो । 

कार्यक्रममा प्रोफेसर राधा शर्माले यसअघि पनि राष्ट्रपति र पूर्वराजाहरु कपडाको जुत्ता लगाएर पशुपतिसहित जानकी मन्दीर दर्शन गरेको र सुरक्षाकोलागि कुकुरको प्रयोग गरेको उदाहरण दिदै बर्तमान राष्ट्रपतिमाथि गरिएको ब्यवहार महिला लक्षित भएको दावी गरिन । उनले मधेस आन्दोलन उत्पीडनबाट मुक्तीको लागि भनिएपनि त्यसके अभियन्ताहरुले महिलामाथि विभेद गरेका कारण उनीहरुको आन्दोलनको उद्देश्यमाथि प्रश्न उब्जिएको तर्क गरे । 

उनले विभेद गर्नेलाई चिनेर महिलाले त्यसै अनुसार ब्यवहार गर्नु पर्ने भन्दै मधेसमा रहेको महिलामाथिको चरम विभेदका विरुद्ध अभियान चलाउनु पर्ने आवश्यकता औल्याईन । शर्माले भगवान सीतालाई अग्नी परिक्षा लिएर अपमान गरिएकोले उनी धर्तिमा पसेको नभई बाध्यताबस आत्महत्या गरेको भन्दै अहिले पनि मधेसमा सस्कृतिको नाममा त्यस्तै अवस्थामा पुर्याउन खोजिएको दावी गरिन । 

अधिकारकर्मी लिली थापाले राष्ट्रप्रमुख माथिको घटना उहाँमाथि मात्रै नभई ५१ प्रतिसत महिला र त्यसभित्र रहेका ६ प्रतिसत एकल महिलाको भएको भन्दै अधिकार प्राप्तिको नाममा विभेद गर्नेहरुलाई महिलाहरुले मत नहालेर सबक सिकाउनु पर्ने बताईन । 

उनले महिलालाई अपमान गर्ने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अभिब्यक्ति दिनेहरुलाई राज्यले कारवाही गर्नुका साथै त्यस्तो कार्यमा संलग्न शिक्षक विश्वनाथ सि.ह र प्रदिप झालाई पदमुक्त गर्न माग गरिन ।  थापाले राष्ट्रप्रमुखमाथिको लान्छना आफ्नी आमा र दिदी बहिनीमाथिको भएको संज्ञा दिदै त्यस विषयमा संलग्नहरुले क्षमा माग्नु पर्ने बताईन । 

उनले घटनामा देखिएका भन्दा पनि आन्दोलनका नेतृत्वहरुलाई कारवाही गर्नु पर्ने भन्दै विदुर राष्ट्रपति मन्दीर पस्दा केही नहुने तर विद्युवा पस्दा अपमान गर्ने विषयले मधेसमा महिलाको अवस्था के छ भन्ने कुरा प्रष्ट भएको बताईन ।  डा. विद्यानाथ कोइरालाले मधेसमा महिलाको अवस्था उकास्न काम गर्नु पर्ने आवश्यकता औल्याउँदै विद्युवा र विदुरमा देखीएको फरकको विषयमा कुरा उठाउनु पर्ने बताए । 

उनले यो जघन्य अपराध भएकोले संलग्नहरुले माफी माग्नु पर्ने भन्दै माफी नमागे र नसच्चिए महिलाहरुले त्यस्तालाई भोट नहाल्न आब्हान गर्नु पर्ने बताए ।  सस्थाकी अध्यक्ष निर्मला ढुंगानाले जति महिला अधिकारको वकालत गरेपनि पुरुषको मनमा महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै जथाभावी बोल्नेलाई कारवाही र अमानवीय कार्यको नेतृत्व लिनेलाई बाहिस्कार गर्नुपर्ने धारणा राखिन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ