arrow

युवाहरूमा देशमै केही गर्ने भावना जागेको छः प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
prachandaas.jpg

भक्तपुर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरू जागरुक हुन थालेको बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले देशका विभिन्न भागमा जाँदा आफूले धेरै ठाउँमा युवा र नागरिकहरू आफ्नै देशमा रोजगारी सिर्जना गर्ने अभियानमा लागेको पाएको बताए। उनले यस्तो भावनालाई प्रोत्साहन गर्न जरुरी रहेको भन्दै विदेश जाने मनोवृत्तिलाई बिस्तारै परिवर्तन गर्नुपर्ने बताए।

"देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ," उनले भने। नेपालको गौरवशाली इतिहास, प्रकृति र संस्कृतिमाथि गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौती भएको उनको भनाइ छ। उनले यही गौरवशाली इतिहास र प्रकृतिबाट नै आफ्नै विकासको मौलिक मोडल तथा आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने बताए।

अध्यक्ष दाहालले पर्यटन विकासका लागि योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए। साथै, पालिकाहरूले आफ्नो वस्तुस्थिति बुझेर कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउनुपर्नेमा पनि उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ