arrow

उधारो तीन बुँदेले मोर्चा विच्कियो, सरकारसंग टकराब

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Morcha.jpg.jpeg.jpeg
काठमाडौं । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावलाई मधेसी मोर्चाले अमूर्त भनेको छ । छिमेकी  भारतले प्रस्तावकाे स्वागत गरेपछि फुर्किएको सरकार मोर्चासंग अर्थपूर्ण वार्ता तयारी गर्दै छ । सोमबार भारतीय राजदूत रणजीत रायसंगको भेटपछि अनौपचारिक छलफलमा व्यस्त भएका मोर्चा नेताहरु मंगलबार समेत छलफलमा व्यस्त रहे । यद्यपि, उनीहरुको पुरानै हठका कारण छलफल अनिर्णित भएका छन् । 
 
सरकारले वार्ताको मिति तय गरेर मोर्चालाई बोलाउने तयारी गरेको सुचना संचार तथा प्रविधि मन्त्री  शेरधन राईले बताए । सरकार तीन बुँदे रोडम्यापकै माध्यमले मोर्चासँग निर्णायक वार्ता गर्ने तयारीमा रहेको राईको भनाई छ । विपक्षी कांग्रेससंग गरेको छलफल समेत अनिर्णित भएपछि मोर्चा विच्किएको छ । 
 
मोर्चाले सरकारी प्रस्ताव अमूर्त भन्दै त्यसले मधेसको समस्या सम्बोधन नगर्ने प्रतिक्रिया दिएको छ । सरकारले पारित गरेको तीन बुँदे प्रस्ताव यसअघिका छलफलमा पेश भइसकेको भन्दै उधारो प्रस्ताव मोर्चालाई स्वीकार्य नहुने तर्क मधेसी नेताहरुको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले पारित गरेको तीन बुँदे प्रस्ताव मोर्चाले अस्वीकार गरेको सुनाए । 
 
नेता यादवले भने मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएकाले त्यसलाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने जनाए । सरकारी प्रस्तावको कसैले स्वागत वा विरोध गरेको भन्नेको कुनै तुक नरहेको यादवको भनाई छ । यद्यपि, सरकारले अब यस भन्दा बढी लचकता अपनाउन नसकिने जनाउ दिएको छ । समस्या समाधान हुँदै गएको भन्ने सन्देश बाहिर गएका बेला मोर्चा र सरकाबीचको टकराबले तत्काल समस्या समाधान नहुने देखिएको छ । 
 
मधेसी मोर्चाभित्रै मतभेद देखिएकाले वार्तामा खास प्रगति हुन नसकेको हो । यादवले वर्तमान सरकारको विकल्प खोज्न माग गरिरहेका छन् । सत्ताधारीले मोर्चाले सरकारको विकल्प माग गर्नु अधिकार प्राप्ति भन्दा सत्ताकै लडाई रहेको आरोप लगाइरहेका छन् । सरकार र मोर्चाकै टकराबले समस्या लम्बिएको विश्लेषकहरु बताउँछन् । जसले तत्काल निकास निस्कदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ