arrow

बेलायत पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
pakrau9.jpg

काठमाडाैँ । प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं १४ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिकावडा नं २ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

उनले भने, “पक्राउ परेका कार्कीले आठ जनालाई युके पठाउने भन्दै रु ४३ लाख ठगी गरेको उजुरीका आधारमा बानेश्वरबाट पक्राउ गरिएको हो ।”

कार्की नयाँ बानेश्वर काठमाडौँमा रहेको शिक्षा खोज नेपालका सञ्चालकसमेत रहेको र निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ