arrow

बेपत्ता खोजबिन नियमावली एक हप्ताभित्र बन्ने प्रधानमन्त्रीको आश्वासन

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
kp.jpg.jpeg
काठमाडौँ । बेपत्ता परिवार खोजबिनसम्बन्धी नियमावली तत्काल तयार पार्न बेपत्ता परिवार खोजबिन आयोगले सरकारसँग आग्रह गरेको छ ।आयोगका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमा भेटेर तत्काल नियमावली तयार पार्न आग्रह गरेको हो । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आफूहरुको आग्रहप्रति प्रधानमन्त्री निकै सकारात्मक पाएको जानकारी दिनुभयो । उहाँले एक हप्ताभित्रमा नियमावली पारित गरिसक्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको पनि बताउनुभयो । 
 
झन्डै १० महिना अगाडि गठन भएको पाँच सदस्यीय आयोगले नियमावलीको मस्यौदा पाँच महिनाअघि नै तयार पारेर सरकारलाई बुझाइसकेको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम कडीका रुपमा रहेका बेपत्ता परिवार छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले विगतको सशस्त्र द्वन्द्वका असरलाई समाजबाट समाप्त पार्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । पीडितले न्याय पाउन सक्ने गरी काम गर्न पनि आयोगलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो । 
 
आयोग गठन भएदेखि अहिलेसम्म आयोगको आचारसंहिता बनाउने, आयोगको नियमावलीको मस्यौदा बनाउने, कार्यालय स्थापना गर्नेलगायतका आन्तरिक काम गरेर बेपत्ताको खोजबिनका लागि स्थलगत भ्रमणमा जाने तयारीमा रहेको आयोगका अध्यक्ष मल्लिकले जानकारी दिनुभयो । उहाँले आयोगका लागि पर्याप्त स्रोत साधनको अभाव रहेकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका अध्यक्ष मल्लिकसहित चार जना सदस्य र आयोगका सचिव पनि जानु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ